
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीस्थित मनेहरा शिबिरका एक सय २० जनालाई आईतबार दिउसो दुई बजे जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ ।

धनगढी उप-महानगरपालिका-७ मनेहराको खोला किनार र बनक्षेत्रमा सुकुम्बासीको रुपमा बसोवास गर्दै आएका एक सय २० जना जेष्ठ नागरिक,एकल महिला,शारीरिक अपांगता भएका महिला र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

लामो समयदेखीको सितलहरका कारण चिसो बढेसँगै आर्थिक रुपमा विपन्न, असहाय, थारु तथा दलित परिवारका जेष्ठ नागरिक,एकल महिला,अपांगता महिला र बालबालिकालाई समता मिडिया सेन्टरले काठमाडौंको क्षेत्रपाटी,बल्खु र धनगढीबाट संकलन गरेको न्यानो कपडा वितरण गरिएको हो।

वडा अध्यक्ष मोती रानाले उनीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । न्यानो कपडा वितरण गर्दै उनले सहयोग गर्ने संस्थालाई धन्यवाद समेत दिए ।
समता मिडिया सेन्टरले संचालन गरेको “जेष्ठ नागरिक तथा बालबालिका बचाउ अभियान” अन्तर्गत सुरु गरिएको “न्यायो कपडा बैंक” ले ७ नं.वडा कार्यालय र डिग्निटी फाउण्डेसन नेपालसंग समन्वय गरी देवहरिया सामुदायिक बन उपभोक्ता समूहको चौरमा कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरेको हो। वडा अध्यक्ष मोती रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा जनप्रतिनिधी ईन्द्रा बिकले चिसोको बेलामा न्यानो कपडा सहयोग गरेकोमा खुसी व्यक्त गरिन।
ज्याला मजदुरी गरेर जीवनगुजारा चलाउँदै आएका विपन्नहरुका जेष्ठ नागरिक,एकल महिला,बालबालिका र शारीरिक अपांगता भएका महिला तथा बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले बताए ।

७ नं.वडाका अध्यक्षसहित जनप्रतिनिधी र डिग्निटी फाउण्डेसन नेपालकी अध्यक्ष रुक्मणी परियारको रोहबरमा न्यानो कपडा वितरण गरिएको हो ।

सेन्टरले यस अघि पनि गत माघ ७ गते सोही वडाका ५० जना बालबालिकालाई सहयोग गरेको थियो ।

सेन्टरले न्यानो कपडा बैंक मार्फत प्रत्येक व्यक्तिबाट एक सय रुपैयाँ सहयोग अभियान संचालन संचालन गरेको छ । संस्थाको एनएमबि बैंक खाता 0150143889800012 र इसेवा आइडी 9858431239 मा प्रत्येक व्यक्तिले स्वदेश तथा विदेशबाट एक सय रुपैयाँ देखी १० हजार रुपैयाँसम्म जम्मा गरेका छन् । न्यानो कपडा बैंकमा २८ हजार जम्मा भएको सेन्टरका कार्यकारी अध्यक्ष परियारले बताए ।
Leave a Reply