अरु जत्तिकै दलित सहिदको सम्मान गर्न भोक हड्ताल  

समताखबर       १६ माघ २०७९, सोमबार १४:५९

काठमाडौँ । तत्कालिन नेकपा माओबादीले संचालन गरेको १० बर्षे जनयुद्ध,जनआन्दोलनसहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका दलित समुदायका व्यक्तिको नाममा भोक हड्ताल सुरु गरिएको छ । माघ १६ गते अर्थात सहिद दिवसको अवसर पारेर काठमाडौंको वसन्तपुरमा भोक हड्ताल सुरु गरिएको हो ।

भोक हड्ताल दलित अधिकारकर्मीद्धय सप्तरीका राजेश बिद्रोही र दैलेखका खगेन्द्र सुनारले सुरु गरेका हुन् । सहिद दिवसको अवसर पारेर दलित सहितको खोजी गर्न आजबाट भोक हड्ताल सुरु गरिएको अधिकारकर्मी विद्रोहीले बताए ।

‘जनयुद्ध जनआन्दोलन सहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका दलित व्यक्तिको खोजी हुनुपर्यो’ विद्रोहीले भने, ‘ती दलित सहिहको नाममा पार्क, स्कुल स्वास्थ्य संस्था लगायत विभिन्न संरचना बनाउनुपर्यो । अरु समुदाय जत्तिकै दलित सहिदलाई स्थान दिनुपर्यो ।’ आन्दोलनमा लागेका सबै समुदायका सहिद बराबर हुने भएकाले सम्मान व्यवहार राज्यले गर्नुपर्ने विद्रोहीले बताए । दलित आन्दोलनसँग सम्बन्धित ८४ बुँदे माग राखिएको छ । बेलुका सहितको सम्झनामा दिप प्रज्वलन समेत गरिने भएको छ ।

फोटो : राजेश बिद्रोहीको फेसबुक वालबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *