
धनगढी । कैलालीमा १२ किलो लागुऔषध चरेससहित चार जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३, चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहित चार जना ११ किलो ९ सय ग्राम चरेसहित पक्राउ परेका हुन् ।
दार्चुलाको नौगाड गाउँपालिका–२ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्युँ गाउँपालिका–७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका–२ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूहको प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए ।
उनीहरूको साथबाट ११ किलो ९ सय ग्राम चरेस र १ थान डिजिटल काँटासमेत बरामद गरिएको छ ।

Leave a Reply