दिल्लीमा हराएकी गुल्मीकी अमृता परियार अझै फेला परिनन

समताखबर       १८ माघ २०७९, बुधबार १४:०८

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट दुई साता अघि हराएकी गुल्मीकी एक महिला अझै फेला परेकी छैनन् । कोठीको काम सकेर डेरा फर्कने क्रममा साझ ७ बजे हराएकी उनी यतिका दिन बितिसक्दा पनि फेला परेकी छैनन् । गुल्मीको मुसिकोट नगरपालिका-१ पौंदीअमराईकी २७ बर्षिय अमृता परियार माघ ५ गतेदेखि दिल्लीस्थित आजतपुरबाट हराएकी हुन् ।

आफू काम गर्ने कोठीबाट काम सकेर डेरामा फर्कने क्रममा उनी सो स्थानबाट हराएकी हुन् । उनका श्रीमान अर्जुन परियारले दिल्लीका सबै ठाउँमा खोजी जारी राख्दा पनि हालसम्म पत्तो लाग्न सकेको छैन ।

विगत चार बर्षदेखी श्रीमानसहित रोजगारीको क्रममा दिल्ली बस्दै आएकी उनको श्रीमानसंग सम्बन्ध राम्रो नभएको र श्रीमानले मानसिक यातना दिने गरेको बताइएको छ । श्रीमानको मानसिक यातनाका कारण उनी सहन नसकेर हराएको अमृताका माइती पक्षले आशंका गरेको छ ।

आजतपुरको एक होटलमा कुक मेनको काम गर्दै आएका अर्जुनले भने आफूहरुबीच झगडा कहिल्यै नभएको र कोठीको काम सकेर डेरामा जाने क्रममा हराएको जानकारी दिए । उनका अनुसार खोजीका लागि स्थानीय प्रहरीलाई जानकारी दिए पनि अझै पत्ता नलागेको र खोजी कार्य जारी रहेको बताए ।  

उनीहरुको एउटा मात्र आठ बर्षको छोरा आरुष गुल्मीको छत्रकोट गाउँपालिका-१ हुँगामा मामा घरमा बस्दै आएका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *