खानीडाँडामा जिप दुर्घटना

समताखबर
  २२ माघ २०७९, आईतवार १२:३२

धनगढी । कैलालीको खानीडाँडामा जिप दुर्घटना भएको छ । शनिबार राति डडेल्धुराको जोगबुढाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१००१ ज १३६१ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय इश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का घाईते भएका छन् ।

उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *