फेरी काठमाडौं महानगरले चलायो डोजर

समताखबर
  २४ माघ २०७९, मंगलवार १३:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ ।

मंगलबार काठमाडौं महानगरपालिकाले सडकपेटी नै मिचेर बनाइएको प्रहरी बिटको भवन भत्काएको हो । सडक अतिक्रमण गरेर संरचना बनाइएकाले प्रहरी बिट हटाइएको महानगरका प्रहरीका प्रमुख राजु पाण्डेले बताए ।

उनका अनुसार भवन भत्काउनुअघि त्यहाँ रहेका सामान बाहिर निकाल्न लगाइएको थियो । महानगरको टोलीले नेपाल प्रहरीकै सहमतिमा उक्त भवन भत्काएको हो ।

प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरिने महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *