सुदूरपश्चिमका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

समताखबर
  २४ माघ २०७९, मंगलवार १६:५०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने भएको छ ।

नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वास मत नदिने भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले टिकापुर घटनाका राजबन्दी रिहा नभएसम्म कसैलाई विश्वासको मत मत नदिने बताइन् ।

नागरिक उन्मुक्तिको यो निर्णयसंगै एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ। सरकार पूर्णता नपाउदै ढल्ने निश्चित भएको छ । प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

विश्वासको मत लिनका लागि भोलि बोलाइएको प्रदेश सभाको बैठकमा नागरिक उन्मुक्तिले साथ नदिए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ। एमाले संसदीय दलका नेता रावल गत पुष २७ गते माओवादी केन्द्रका ११, एमालेका १० , नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *