सार्वजनिक सेवामा बादी समुदायको पँहुचबृद्धि गर्न अन्तरक्रिया कार्यक्रम

समताखबर
  २९ माघ २०७९, आईतवार १३:११

बर्दिया । बर्दियाको गुलरियामा एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा भुस्वामित्व तथा सार्वजनिक सेवामा बादी समुदायको पँहुच बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति उप संयोजक अनिता यादव प्रमुख अतिथि रहेको सो कार्यक्रम कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा अथितिको रुपमा राष्ट्रिय भूमि आयोगका सदस्यद्धय शारदा कुमारी आचार्य, जागेश्वर चौधरी, गुलरिया नगरपालिकाका कार्यपालिका सदस्य नैनसिंह सुनार, शान्ता परियार जिल्ला बार एशोसियसन बर्दियाका उदयमणी आचार्य लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार नागरिक समाज तथा बादी समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

सामुदायिक सशक्तिकरण तथा रुपान्तरण कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले बर्दिया जिल्लामा रहेका बादी समुदायको बर्तमान अबस्थालाई समेट्दै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र पश्चात कार्यक्रममा बादी समुदायका अगुवाहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले बादी समुदायको अबस्था तथा भूमीको अभावका कारण भोग्नु परेका समस्याहरुको बारेमा सम्बन्धीत सरोकारवालासंग जिज्ञासा राखेका थिए । 

सहभागिहरुको जिज्ञासालाई सम्बोधन गर्दैै सरोकारवालाहरुले सरकारले बादी समुदायका समस्या समाधानका लागि नीतिगत ब्यबस्था गरेको तर त्यसलाई लागु गर्न चुनौति रहेको धारणा ब्यक्त गरेका थिए । त्यसैगरी भुमि विरणको प्रक्रिया तथा यसका मापदण्डको बारेमा चर्चा गरेका थिए ।

हालसम्म जिल्ला भूमि आयोगले गरेको कामको प्रगतिको बारेमा जानकारी गराउदै २०७९ साल माघ २९ गते आइतबार देखी भूमि वितरण प्रक्रियालाई अगाडी बढाउने र पहिलो कार्य राजापुर नगरपालिकाबाट शुरुवात गर्ने योजना रहेको बताएका थिए । बादी समुदाय भुमि वितरण प्रक्रियामा पहिलो प्राथमिकतामा पर्ने बताउँदै बादी समुदायको समस्या सामाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

कमिट नेपालका अध्यक्ष नेपालीले भुमि वितरण निर्देशिका बिभेदकारी भएको र  यसले बादी समुदाय तथा भुमिहिनहरुको समस्या सामाधान गर्न नसक्ने भएकोले निर्देशिका भुमिहिन तथा सिमान्तकृत समुदायको पक्षमा हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *