हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

समताखबर       २० फाल्गुन २०७९, शनिबार १४:१७

काठमाडौं : आज देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *