दलित अधिकारकर्मी हुकुम सार्कीका पिताको सम्झनामा श्रद्धाञ्जली सभा

समताखबर       २१ फाल्गुन २०७९, आईतवार ०९:१७

धनगढी : राष्ट्रिय दलित नेटवर्क आरडिएन र वडा स्तरीय दलित अधिकार मंचले दलित अधिकारकर्मी हुकुम सार्कीका पिताको सम्झनामा शनिबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

आरडिएनका कार्यकारी निर्देशक समेत रहेका हुकुम सार्कीका पिता स्वर्गीय टिका सिंह सार्कीको १३ औं पुन्य तिथिमा शोक सभा गरिएको हो ।

कैलालीको धनगढी उप-महानगरपालिका-६ शिवनगरमा आयोजित श्रद्धाञ्जली सभामा आरडिएनका महा-सचिव मोहन ओड,कोषाध्यक्ष जंग सुनार,केन्द्रीय सदस्य एवं भुमिअधिकारकर्मी पार्वती आग्री,आरडिएनका कर्मचारी,समता समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियार,वडा स्तरीय दलित अधिकार मंचका पदाधिकारी,दलित अधिकारकर्मी लगाएतले माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।

श्रद्धाञ्जली सभामा दलित अगुवा,पत्रकार,आफन्त,ईष्टमित्र र छिमेकीहरु सहभागि थिए ।

सो अवसरमा स्वर्गिय पिताको सम्झनामा माइला छोरा हुकुम सार्कीले पिताले गरेको संघर्षगाथा पढेर सुनाएका थिए । संघर्षगाथामा कैलालीको निरौलीमा ६० रुपैयाँमा लामो समयसम्म हलिया बस्नु परेको उल्लेख गरिएको छ ।

धनगढी उप-महानगरपालिका-१६ आमबारीमा पिताको नाममा रहेको चौबिस धुर क्षेत्रफलको जग्गा छोरीहरु गौरीगंगा नगरपालिका १० उदासीपुर निवासी मायादेवी सार्की र धनगढी उप-महानगरपालिका-१६ आमबारी निवासी खेमादेबी सार्कीलाई १२/१२ धुर जग्गा दान गरिएको समेत हुकुमले जानकारी दिए ।

त्यसैगरी हरेक बर्ष पिताको निधन भएको दिन दलित समुदायका जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी एक लाख रुपैयाँको टिका सिंह सार्की स्मृति कोष पनि स्थापना गरिएको छ । माइला छोरा हुमुकले श्रद्धाञ्जली सभामा उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

स्वर्गीय टिका सिंह सार्कीको ८४ बर्षको उमेरमा गत ८ गते शिवनगरस्थित आफ्नै घरमा स्वास प्रस्वासका कारण निधन भएको थियो । उनका पाँच छोरा दुई छोरी रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *