सूर्य विरही साउँदको ‘राईमती’ सार्वजनिक (भिडियो)

समताखबर       २९ फाल्गुन २०७९, सोमबार ०७:२०

धनगढी । सुदूरपश्चिमका चर्चित लोक डेउडा गायक सूर्यविरही साउँदको लोक पप डेउडा गीत राईमती युटुव मार्फत सार्बजनिक भएको छ । उक्त राईमतीमा डेउडा गायक सूर्यविरही साउँद, गायिका टिका पुन र मिस्टर आरजे (राजेन्द्र) को स्वर रहेको छ ।

बसिवियाँलो म्युजिक प्रालिमार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना रमेश थापाको रहेको छ भने सँगीत गायक साउँदको नै रहेको छ । गीतमा संगीत एरेन्ज भने विनोद बाजुरालीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा भिजु पार्की, कविता नेपाली र मिस्टर आरजे र रमेशको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियो सम्पादन भने मिलन विश्वकर्माले गरेका हुन् ।

राईमती पछिल्लो युवा पुस्तालाई लक्षित गरि निर्माण गरिएको छ । राईमतीमा सबै बिधालाई समेटिएकाले दर्शक श्रोताहरुले मन पराउने आफुहरुले बिश्वास लिएको गायक साउँदले बताए ।

भिडियो हेर्न तलको लिंक :

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *