डोटीको बोगटान फुड्सिल गाउँपालिका साक्षर घोषणा

समताखबर       २ चैत्र २०७९, बिहीबार ०७:०९

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । पालिकाका सात वटै वडालाई साक्षर घोषणा गरिएसँगै मंगलबार एक कार्यक्रमका बिच पालिकालाई साक्षर घोषणा गरिएको हो ।

मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले साक्षर घोषणा गरेका हुन् ।  पालिकाका १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । उनले पालिका साक्षर घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

साक्षर दर वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदारअखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७।२ प्रतिशत रहेको छ । त्यसै गरी वडा नम्बर ५ धिकांमाण्डौको ९६.८,  वडा नम्बर ६ गगुडाको ९७.४ ५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *