
धनगढी । डेउडा प्रतिष्ठान बेङ्लोर शाखा भारतको प्रथम साधारणसभाबाट डेउडा गायक करन विक अध्यक्षमा सर्बसम्मत चयन भएका छन्। त्यसैगरी निवर्तमान अध्यक्ष यज्ञराज भट्ट, वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र साउँद, प्रथम उपाध्यक्षमा सुदर्शन थापा, द्वितीय उपाध्यक्षमा भक्त साउँद (चमत्कार)। सचिवमा जया रोकाया, कोषाध्यक्षमा यशोदा साउँद, सह–सचिवमा कृष्ण भट्ट र प्रवक्तामा सुरेन्द्र रावल चयन भएको वरिष्ठ उपाध्यक्ष साउँदले बताए ।

कला संस्कृति विभाग प्रमुखमा पुष्पराज खत्री, सदस्य तथा भाषा, साहित्य विभागमा महेश भट्ट, सदस्य तथा नृत्य विभाग शंकर जप्रेल (बझाङ्गी रहडी दादा), सदस्य तथा महिला विभाग प्रमुखमा बिनीता भट्ट, सदस्यमा यशोदा अधिकारी, सदस्यमा सङ्गिता शाही र सदस्यमा राहुल महरा चयन भएका छन् । डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोर तदर्थ समितिका अध्यक्ष यज्ञराज भट्टको सभापतिमा साधारणसभा सम्पन्न भएको थियो।

Leave a Reply