बालविवाह मुद्दामा पाँच जनालाई कैद फैसला

समताखबर       २ चैत्र २०७९, बिहीबार ०८:३१

तनहुँ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच जनालाई कैद फैसला सुनाएको हो ।

पाँचै अभियुक्तलाई जनही १८ दिनको कैद फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । साथै उनीहरूविरुद्ध जनही रु.दुई हजारका दरले जरिवाना भएको छ ।

व्यास नगरपालिका–५ का प्रकाश श्रेष्ठ, तुलसीकुमार श्रेष्ठ, व्यास– ६ का महादेवबहादुर गिरी, भद्रबहादुर श्रेष्ठ र एक महिलालाई कैद र जरिवानाको फैसला भएको हो । जबर्जस्ती करणीसमेत रहेको उक्त मुद्दामा बेहुलाले सफाइ पाएका छन् ।

प्रहरीले निजविरुद्ध विसं २०७८ पुस १९ गते बालविवाह गरे गराएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा नौ पटक पेसी तोकिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *