अन्तर्राष्ट्रिय सेवा पुरस्कारबाट श्रमजीवी-पत्रकार संघ सम्मानित

समताखबर
  १७ फाल्गुन २०७९, बुधबार १३:३१

क्यालिफोर्निया : अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार संघ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ । श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित सो संस्थाले “अन्तर्राष्ट्रिय सेवा पुरस्कार–2023”द्धारा सम्मान गर्ने निर्णय गरेको अध्यक्ष माधव मरासिनीले जनाइएका छन् ।

संस्थाका महासचिव दिपेश लामाका अनुसार श्रमजीवी पत्रकार संघ नेपाललाई नेपालमा श्रमजीवीका पक्षमा दृढतापूर्वक श्रमको उचित सम्मानका लागि न्याय दिलाउन ऐतिहासिक भूमिका खेलेकाले उत्कृष्ट संस्था र नेतृत्वको रुपमा सम्मान गर्न लागिएको हो । संस्थाले २० हजार रकम र ताम्रपत्रसहितको सम्मानका लागि संस्थाले अध्यक्ष जैसीलाई पत्राचार गरेको छ ।

श्रमजीवी–पत्रकार संघ स्थापनाको २ वर्षमै करिव २६ वटा सञ्चारगृहका पीडित श्रमजीवी पत्रकारहरुको न्यायका लागि पहल गरेको र श्रमजीवीमैत्री कानुन निर्माणका लागि राज्यपक्षसँग निरन्तर दबाब दिंदै आएको छ । साथै श्रमजीवीहरुलाई आत्मनिर्भर बनाउन मिडियानै आत्मनिर्भर हुनुपर्नेलगायतका मुद्धा उठाउँदै आएको छ ।

श्रमजीवी पत्रकार संघसहित अन्य सञ्चार सम्वद्ध १० वटा संस्थाहरुलाई पनि सम्मान गर्ने महासचिव लामाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । ती सम्मानित संस्थाहरुमा आदिवासी जनजाती पत्रकार महासंघ, शिक्षा पत्रकार समुह, राष्ट्रिय दलित पत्रकार संघ, क्रियाशील महिला पत्रकार, अपाङ्ग पत्रकार मञ्च, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च, राष्ट्रिय यातायात पत्रकार मञ्चलगायत छन् । सम्मान आगामी बैशाख ७ गते तदनुसार २० अप्रिल २०२३ मा प्रदान गरिने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *