बैंकको चर्को व्याजदरविरुद्ध व्यवसायीको आन्दोलन जारी

समताखबर
  १८ फाल्गुन २०७९, बिहीबार ०९:०७

धनगढी । बैंकको चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाउने भएका छन् ।

बैंकले बढाएको व्याजदर फिर्ता लिन दबाबस्वरुप व्यवसायीले एक दिन नगद जम्मा नगरी विरोध जनाउन लागेका हुन । विरोध स्वरुप व्यवसायीले आज कुनै पनि बैंकमा नगद जम्मा नगर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

बैंकले चर्को ब्याजदर बढाएपछि पेसाबाटै पलायन हुनु पर्ने अवस्था आएको भन्दै विगत केही दिनदेखि व्यवसायी आन्दोलनरत छन् । उनीहरु दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गरिरहेका छन् ।

यसैबीच, बुधबार व्यवसायीले ब्याजदर फिर्ता हुनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए । बैंक तथा वित्तीय संस्थाले एकैचोटी ब्याजदर बढाएर १७ प्रतिशसम्म पु¥याएपछि समस्यामा परेको व्यवसायीहरुले बताएका छन् ।

सातरआठ प्रतिशत लिइदै आएको ब्याजदर एकैचोटी आधाभन्दा बढी बढाएर १७ प्रतिशत पु¥याएपछि ऋण तिर्न नसके व्यवसायी पेसाबाटै पलायन हुने अवस्था आएको उनीहरुको भनाइ छ । चर्को ब्याजले गर्दा व्यवसाय नै धरासयी भएको उनीहरुको भनाइ छ । माग सुनुवाई नभएमा चैत १ गतेबाट आन्दोलनका कार्यक्रम अझ सशक्त र कडा बनाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *