केशव परियारले गरे एमाले परित्यागको घोषणा

समताखबर
  २० फाल्गुन २०७९, शनिबार १४:१२

डोटी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीका पूर्ब जिल्ला कमिटि सदस्य केशब परियारले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समयदेखी एमालेको सक्रिए राजनीति गरेका परियारले एमालेको संगठित सदस्यबाट समेत राजिनामा दिएका छन् ।

परियारले एमाले छोडेको समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । लामो समयदेखी सामाजिक  अभियानमा सक्रिए परियार डोटीको स्थापित संस्था सम विकास केन्द्र नेपालका संस्थापक हुन् ।

नेकपा (एमाले) डोटीलाई राजिनामा दिएको पत्र सार्बजनिक गर्दै परियारले लेखेका छन् ‘धेरै लामो समय पछि आज देखि कम्युनिष्ट सिद्धान्त ,कम्युनिज्म विचारधारा र दर्शन एवं नेकपा (एमाले) पार्टी परित्याग गरेको घोषणा गर्दछु । मेरो यो राजिनामा स्वीकृतिको लागि पार्टीमा पेश गरिसकेको छु । आगामी मेरो राजनीतिक गन्तव्य नयाँ सिद्धान्त, नयाँ दर्शन र नयाँ विचारधारा हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *