बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक

समताखबर
  २३ फाल्गुन २०७९, मंगलवार ०९:४१

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धाराका नेताहरू भेला भएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेल,बैज्ञानिक समाजबादी कम्यूनिष्ट पार्टीका महा-सचिव आहुति, नेकपा माओवादीका प्रबक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, माओवादी केन्द्रका नेताहरु  कृष्णबहादुर महरा, देव गुरूङ लगायतका नेताहरू सहभागी छन् ।

यसअघि सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा आइतबार यी नेताहरु एउटै मञ्चमा देखा परेका थिए ।

बैठकमा पार्टी एकता, द्वन्द्वकालीन घटनाका सन्दर्भमा पछिल्लो समयमा भइरहेका चर्चा लगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले केही समयअघि एक सार्वजनिक कार्यक्रममा पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने भनेर अभिव्यक्ति दिएपछि  अहिले सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

प्रचण्डको अभिव्यक्ति अनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न माग गरेका छन् ।

त्यसपछि माओवादी धारका नेताहरू आक्रोशित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *