प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याक

समताखबर
  २ चैत्र २०७९, बिहीबार ०८:१५

काठमाडौँ। प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट ह्याकरको नियन्त्रणमा रहेको आशंका गरिएको छ ।

पछिल्ला केही घण्टाको अवधिमा भएका तीन फरक फरक असान्दर्भिक ट्विट देखिएको छ।

विभिन्न तीन फरक फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि ह्याकरको प्रवेश भएको देखिएको छ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिम्सिनाले ट्विटर ह्याक भएको सुनेको र अहिले आफू कार्यालय जाँदै गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *