प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

समताखबर
  ६ चैत्र २०७९, सोमबार ०७:५९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।

गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *