ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

समताखबर
  १२ चैत्र २०७९, आईतवार १५:०८

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

से २ त २८५० नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार कैलालीको गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठाराको मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा गएराति साढे १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोहन्याल गाउँपालिका ५ की २० वर्षीया निर्मला रोकामगर र ४० वर्षीया गौमती विक घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *