छुवाछुत गर्नेलाई जन्मकैदको सजाय दिनुपर्छ : वामदेव गौतम

समताखबर
  १२ चैत्र २०७९, आईतवार १६:४१

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातका आधारमा विभेद र छुवाछुत गर्नेलाई जन्मकैदको सजाय हुनुपर्ने बताएका छन् ।

दलित समुदायलाई विभेद र छुवाछुत गर्नेलाई जघन्य अपराध मानेर जन्मकैद हुनुपर्ने बताएका हुन् ।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताए । 

सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे । उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए । उनले दलित भनेर छुवाछुत गर्नेकुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए ।

उनले, ‘हाम्रो संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गरेको छैन । हाम्रो ऐनले गरेको छैन । नियमावलीले झनै गर्नेकुरा नै भएन । यो संविधानमा दलित समुदायको हक र अधिकार भन्छ । भाषा उपयुक्त छ, कतै मलाई लाग्दैन । भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ । छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ ।’

सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *