
धनगढी । धनगढी उपमहानगरपालिकाले वडा न १ पशुपति टोलमा फोहोर फालेपछि स्थानीयहरु आक्रोशित बनेका छन । स्थानीयलाई जानकारी नदिई उपमहानगरपालिकाले फोहोर फालेको भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् ।
उपमहानगरपालिकाले पशुपती टोलस्थित सुदूरपश्चिम महोतसव लाग्ने मैदानमा फोहोर फाल्ने गरेको हो ।
कैलाली नालाको छेउमा रहेको निजी जमिनमा उपमहानगरपालिकाले स्थानीयलाई जानकारी नगराई धनगढीमा रहेका अस्पताल, घरघरका फोहोरहरु ल्याएर फालेपछि बातावरण दुर्गन्धीत भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् । स्थानीय बालबालिकाहरुले खेल्ने मैदान भएको र फोहोरले आफुहरुलाई सरुवा रोगको संक्रमण हुन सक्ने स्थानीय पप्पु कुरैसीले बताए ।
‘फोहाोरले स्थानीय निकै हैरान भएका छन्’ कुरैसीले भने–‘स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्ने फोहोर बस्ती छेउमै फाल्नु राम्रो होईन ।’ खेल मैदान भएकोले टोलका युवा,बालबालिकाहरु खेल्ने,बिहान व्यायाम गर्ने क्षेत्र थियो अहिले फोहोरले पुरै दुर्गन्धित बनेको छ स्थानीय अमित जैरुले बताए । उपमहानगरपालिकाले आफूखुशी फोहोर फालेपछि युवाहरुले रोकेको जैरुले बताए ।
उक्त निजी जमिनमा १५ वर्षसम्मका लागि मेला महोत्सव लगाउने गरी कैलाली उद्योग बाणिज्य संघले भाडामा लिएको छ । उपमहानगरपालिकाले कुनै जानकारी नगराई फोहोर फालेको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्टले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले पनि आफुलाई जानकारि नगराई फोहोर फालेको बताए ।
Leave a Reply