
काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको फिल्ड अडिसन हुने भएको छ ।
चैत्र ४ र ५ गते काठमाण्डौंको सामाखुसी कपुरधारा स्थित नवोदित कलेजमा अडिसन हुन लागेको हो । अडिसन दिनआउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरु काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनिअनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनु पर्ने आयोजकले जनाएको छ ।
इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु रहेको बताए । ‘हामी हाम्रो संस्कृतिजोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ’, उनले भने ।
‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पनप्रधान जस्ता वरिष्ठ गायकहरू रहनेछन् । त्यस्तै‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई रहने जनाइएको छ ।
यी दुई शोहरु नेपालको अहिले सम्मकै सर्वाधिक धनराशि भएको रियालीटी शोहरु रहेको छ र फाउन्डेसनकाअनुसार ‘मेरो भ्वाइस यूनिभर्स’काविजेताले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, फस्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपलाी रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेतालाई पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । फस्ट रनरअपले ३० लाख रुपैयाँर सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै डान्स यूनिभर्स’को सँस्कृतिक समुहविधाकोविजेतालेपनि २० लाख रुपैयाँ पुरस्कार प्रदानगरिनेछ । साथै उक्तबिधाकाफस्ट रनरअपले १० लाखरुपैयाँर सेकेन्ड रनरअपले ५ लाखरुपैयाँपुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमादर्ता भएको एक संस्था हो । जसले, नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गताभएकातथा सीमान्तकृत समुदायकाव्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको कामगरिरहेको छ ।
हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपालीभाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहतवितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ । फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ ।

Leave a Reply