दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

समताखबर
  २४ चैत्र २०७९, शुक्रबार ११:२६

काठमाडौं, २४ चैत । दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको हो ।

बैठकमा नेपालले दीगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरूको उपस्थिति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *