राप्रपाका तीनै उम्मेदवारको धरौटी जफत

समताखबर
  १३ बैशाख २०८०, बुधबार १४:४५

काठमाडौं । राप्रपाका तीनै उम्मेदवारको धरौटी जफत भएको छ । वैशाख १० मा भएको उपनिर्वाचनमा राप्रपाले ३ वटै क्षेत्रमा उम्मेदवारी दियो।

तनहुँ क्षेत्र नम्बर १ मा शोभा गुरूङ, चितवन क्षेत्र नम्बर २ मा जीवलाल पुरी र बारा क्षेत्र नम्बर २ मा सोनालाल प्रसाद सा तेलीलाई राप्रपाले उम्मेदवार बनाएको थियो।

सदर मतको १० प्रतिशत मत नल्याए उम्मेदवारको धरौटी जफत हुन्छ। प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारले जनही १० हजार रुपैयाँ धरौटी राख्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *