
धनगढी । मोडलिङको क्षेत्रमा नेहेल्जा चौधरी पछिल्लो पुस्ताको लोकप्रिय नाम हो । उनले थारु भाषाको तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

मोडल बिरु चौधरीसँग ‘नयना निहारे मोर’ ‘तु मोर जिन्दगानी’ र ‘बिन्दिया निहारे सजनवा’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर राम्रै चर्चा बटुलेकी नेहेल्जाले आफूलाई मोडलका रुपमा चिनाउन चाहन्छिन् ।

कैलालीको कैलारी गाउँपालिका-३ बरकामुडाकी १९ बर्षिय चौधरी हाल मोडलिङसंगै अध्ययनका लागि धनगढी बस्दै आएकी छिन् । उनी कैलाली मल्टिपल क्याम्पस (केएसी) मा बिबिएस दोस्रो बर्षमा अध्ययनरत छिन् ।

सामाजिक सञ्जाल टिकटकमा समेत सक्रिय रहने नेहेल्जाका केही सुन्दर तस्वीरहरु हेरौँ










Leave a Reply