अमेरिकाको ८५ हजार कामदार भिसाका लागि प्रयाप्त आवेदन प्राप्त

समताखबर
  ३० मंसिर २०८०, शनिबार १०:३८

न्यूयोर्क । अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ । कामदार भिसा एचवान बीका लागि नियमित ६५ हजारको कोटा र अमेरिकामा स्नातकोत्तर गरेकाहरुमध्येबाट २० हजारको कोटाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भएको हो ।

आगामी केही दिनहरूमा युएससीआईएसले अनलाइनमा दर्ता गरेका बाँकी आवेदकहरुलाई छनौट नभएको सुचनाहरु पठाउने भएको छ । यस्ता सूचनाहरू पठाउने काम पूरा भएपछि आर्थिक बर्ष २०२४ को लागि सही तरिकाले अनलाइन दर्ता गरेका आवेदकहरुले आफ्नो अनलाइन स्टाटसमा छनौट नभएको र एचवानबीका लागि पूर्ण आवेदन दिनका लागि योग्य नभएको जानकारी देख्नेछन् ।

आर्थिक बर्ष २०२४ का लागि विश्वभरका कामदारका लागि ७ लाख ८० हजार ८८४ आवेदन परेका थिए भने ती मध्ये योग्य आवेदनहरु ७ लाख ५८ हजार ९९४ थिए । यी आवेदनबाट ८५ हजारलाई भिसा प्रदान गरिन्छ । आर्थिक बर्ष २०२५ का लागि आगामी मार्चमा अनलाइन दर्ता गर्न सकिनेछ । त्यसका लागि अहिले नै रोजगारदाता खोज्न सुरु गर्नुपर्ने कानुन व्यवसायीहरुको सुझाव छ ।

८५ हजारको क्यापबाट छुट भएका निवेदनहरू स्वीकार गर्न र प्रक्रिया गर्न भने युएससीआईएसले जारी राख्ने जनाएको छ । अहिले अमेरिकामा एचवानी भिसामा रहेका कामदारको अवधि थप, रोजगारीको शर्त परिवर्तन, अहिलेका एचवानबी कामदारलाई रोजगारदाता परिवर्तनको अनुमति र अहिलेका एचवानबी कामदारलाई समानान्तर रुपमा अर्को एचवानबी पदमा काम गर्नका लागि अनुमति लगायतका आवेदनहरु युएससीआईएसले निरन्तर स्वीकार गर्ने र प्रकृयामा लैजानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *