दोधारा चाँदनीले सुदूरपश्चिमको समृद्धिको ढोका खोल्नेछ : मन्त्री देउवा

समताखबर
  १ पुष २०८०, आईतवार ०९:१५

कञ्चनपुर । भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले विकसित देशहरुका कारण कम विकसित देशहरुले भोग्नु परेको जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि विकसित देशहरुले सहयोग गर्नुपर्ने बताएका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आयोजित नगर सम्मेलनको शुक्रवार उद्घाटन गर्ने क्रममा मन्त्री देउवाले बिकसित देशहरुका कारण कम विकसित देशहरुले जलवायु परिवर्तनको नकारात्मक असर परिरहेको बताउदै त्यस वाफत बिकसित देशहरुले सहयोग गर्नुपर्ने बताएका हुन् ।

मन्त्री देउवाले बिगतमा राज्यबाट उपेक्षित महाकाली पारीको दोधारा चाँदनीले सुख्खा बन्दरगाहको स्थापना पछि सुदूर पश्चिममा समृद्धिको ढोका खोल्ने बताए ।

बिगतमा महाकाली नदीमा पुल नहुदा दोधारा चाँदनी उपेक्षित थियो । यो भूभाग देशसंग जोडिएको थिएन, मन्त्री देउवाले भने, चार लेनको पक्की पुलको निर्माण र सुख्खा बन्दरगाहको स्थापनापछि यही भूगोलले सुदूर पश्चिमको समृद्धिको ढोका खोल्नेछ ।

उनले महाकाली तथा अन्य नदीहरुको कटान र डुबानबाट प्रभावित दोधारा चाँदनीमा तटबन्ध लगायत अन्य विकासका योजनाहरुमा प्रदेश सरकारले आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरे ।

मन्त्री देउवाले जंगली जनावरको बासस्थानको अतिक्रमणका कारण मानव वस्तीहरुमाथि जंगली जनावरको आक्रमण गरेको बताए । हामी हात्ती बस्तीमा पस्यौ भन्छौ, उनले भने, तर हात्ती हाम्रो वस्तीमा पसेको होईन, हामीले हात्तीको बासस्थान र मार्गमा बस्ती बनाएका कारण समस्या सृजना भएको हो ।

उनले जनावरको बासस्थान जोगाउन आवश्यक भएको समेत औल्याए ।

कञ्चनपुरका नौ वटा पालिकाको सहकार्यमा शुरु भएको नगर सम्मेलन यस पटक दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको हो ।

दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुको अध्यक्षतमा सम्पन्न तेस्रो नगर सम्मेलनमा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, कञ्चनपुरमा नौ वटै पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *