विप्लव नेतृत्वको पार्टी नेताको सम्पत्ति रोक्का गर्न ताकेता

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित कार्यकर्ताको सम्पत्ति समेत रोक्का गरिदिएको छ। नेकपाका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र पोलिटब्युरो सदस्य माइला लामाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। उदयपुर जिल्ला अदालतले विप्लव नेतृत्वका कार्यकर्ता प्रतिवादी तिलक भन्ने मानबहादुर दनुवार, केदार राई, प्रतिवादी लालबहादुर खत्री, चन्द्रबहादुर बुढाथोकी र प्रतिवादी जानुकामाया तामाङको […]

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट रामेश्वर र लक्ष्मणकिशोर मन्त्री बन्ने

धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले प्रधानमन्त्रीसहित शीर्ष नेता र आफूहरुबीच २ मन्त्रालयमा सहमति भएको बताए । रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको […]

सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँदै, माओवादीबाट ३ जना मन्त्री थपिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि  सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको उल्झनका बीच मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तार गर्न लागेको हो । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम […]

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो । शुक्रबार बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा भौतिक र अर्थ मध्ये एक नभए तीन मन्त्रालयमा माओवादीको दाबी

कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारलाई लिएर भागबन्डा मिल्न सकेको छैन । माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ । माओवादीको पहिलो रोजाइमा भौतिक पूर्वाधार […]