अछाम । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर–१ को पछिल्लो मतगणना अनुसार नेकपाका उम्मेदवार भीम बहादुर रावल अग्रस्थानमा देखिएका छन्। प्रारम्भिक मत परिणाममा रावलले ४८७ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दिपक बहादुर साउंदले ३४२ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका भरत कुमार स्वारले १०९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले ४२ मत प्राप्त गरेका छन्।
त्यसैगरी राप्रपाका लोकेन्द्र बहादुर शाहले ४ मत पाएका छन्। नेमकिपाका सुरेन्द्र शाही, नेकपा (माओवादी) का लोकेन्द्र बहादुर शाही तथा स्वतन्त्र उम्मेदवार भिम बहादुर कुँवरले हालसम्म मत प्राप्त गरेका छैनन्।
अछाम–१ मा मतगणना जारी रहेको छ र प्रारम्भिक चरणमै नेकपाका भीम रावलले स्पष्ट अग्रता बनाएका छन्। यस क्षेत्रको प्रतिस्पर्धा यसपटक विशेष चासोका साथ हेरिएको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन