केरुङमा ठूलो पहिरोपछि खोज तथा उद्धार तीव्र

काठमाडौँ । चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा बुधबार गएको ठूलो पहिरोपछि खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

उद्धारमा खटिएको टोली शुक्रबार पहिरोबाट बढी प्रभावित क्षेत्रमा पुगेको जनाइएको छ। पहिरोका कारण भौगोलिक संरचनामा व्यापक क्षति पुगेपछि प्रभावित क्षेत्रमा पुग्न चुनौती भए पनि उद्धारकर्मीले विभिन्न साधन प्रयोग गरी पहुँच विस्तार गरेका छन्।

उद्धार तथा राहतका क्रममा अग्नि नियन्त्रक टोलीले डोरी, डुंगा र ड्रोनको प्रयोग गरिरहेको जनाइएको छ। जटिल भू–बनोट र क्षतिग्रस्त क्षेत्रमा टोलीले सम्भावित प्रभावितको खोजी तथा आवश्यक राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ