खोटाङमा ७० प्रतिशत रोपाई सकियो

खोटाङ : खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदैआएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एबं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा […]

मौरी पालनबाट मनग्गे आम्दानी

जुम्ला : कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् ।  मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन् । त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ । मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख […]

घट्दै परम्परागत दुना, टपरीको प्रयोग

रुकुम : विवाह,ब्रतबन्ध पूजा,पाठ भोज,भतेर जस्ता कार्यमा प्रयोग हुने दुना, टपरीको प्रयोग पछिल्लो समय लोप हुँदै गएको छ । आधुनिक जमनासँगै बजारमा प्लास्टिकका भाँडाहरुको बिक्री वितरण हुन थालेदेखि गाउँमा दुना, टपरीको प्रयोग कम हुँदै गएको हो । विवाह,ब्रतबन्ध पूजा पाठ भोज भतेरमा दुना टपरी कामको लागी प्रयोग आउने गरेको छ । चामल,अछेता, फलफूल राख्न तथा […]

शीतभण्डार नहुँदा डोल्पाका स्याउ खेर जाँदै

डोल्पा : डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ। यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन्। उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन्। उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ। […]

जुम्लाको कागुनो लमजुङमा विस्तार गरिँदै

काठमाडौं : पछिल्लो समय जुम्लाका किसानले रैथाने खेतीलाई प्रवद्र्धन गर्न थालेका छन् । स्थानीय गैरसरकारी संस्था लिवर्डद्वारा सञ्चालित उत्पारिवर्तशील बाली प्रजनन (इपिबी) परियोजनाले यहाँका किसानलाई रैथाने खेतीदेखि अन्य अग्र्यानिक बाली उत्पादन र संरक्षणमा सहयोग गर्न थालेको छ । लोपोन्मुख कालीमार्सी धान, चिनो कागुनो, कोदो र सिमीलगायतका रैथाने बाली संरक्षण र प्रवद्र्धन गर्न थालिएको हो । […]