बंगुरपालन व्यवसायबाट मासिक एक लाख आम्दानी

गलेश्वर : बाह्र वर्ष विदेशमा दुःख गरेपछि स्वदेश फर्केर आफ्नै घरगाउँमा बङ्गुरपालन सुरु गरेका बेनी नगरपालिका–७ मङ्गलाघाटका रणबहादुर विश्वकर्मा प्रशन्न छन् । बङ्गुरपालन व्यवसायबाट आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर मासिक रु एक लाखभन्दा बढी आम्दानी हुन थालेपछि उहाँको अनुहारमा चमक त थपिएको छ नै विदेशकोभन्दा बढी कमाइ भएपछि आर्थिक अवस्था पनि बलियो बन्दै गएको छ । विश्वकर्माको […]

फोहोरलाई माेहाेर बनाउँदै मध्यपुर ठिमी

भक्तपुर : कोठैपिच्छेका थुप्रोहरू । कुनै फोहोर  त कुनै माटो वा पातहरू । कुनै बिक्रीका लागि प्याकिङ्ग गरिएका मल । यो दृश्य भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको रिकिसी कम्पोष्ट मल प्रालिको हो ।  पछिल्लो समय स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्न सकस भइरहँदा ठिमी नगरपालिकाले फोहोरबाट मोहर बनाउँदै आएको छ । पालिकाले फालिएकाे फोहोरलाई संकलन गर्दै कम्पोष्ट मल बनाउँदै आएको छ ।  […]

कुखुराको रोग नियन्त्रण गर्न खोप

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ। गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराको रक्षाका लागि खोप लगाइने भएको छ। केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार माध्यममा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो। […]

दीपाको ललिपप उद्योग : जहाँ श्रीमान सहित ३७ जना जागिर गर्छन्

इलाम । रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यतिमात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई […]

ऊनको चर्खाले चल्छ सीताको घर खर्च

चितवन : कालिका नगरपालिका–२ शान्तिटोलकी ५० वर्षीया सीता तामाङ ऊनबाट धागो काट्छिन् । जीविकोपार्जनका लागि खेतीपाती र बाख्रापालन गरे पनि ऊनबाट धागो काट्नु उनको फुर्सदको काम हो । धागो बनाउने काम सिक्नुअघि खेतिपातीको काम नहुँदा उनी मजदुरी गर्थिन् । घर खर्च चलाउनकै लागि मेलापात जान्थिन् । मेलापातको काम नहुँदा घरमै बसेर समय बिताउनु उनको बाध्यता […]