वाह ! अलैंची अभियान सुरु

काठमाडौं : नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा वाह ! अलैंची अभियान शुभारम्भ गरेको छ । होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा  सुरु  यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ । यो अभियानले नेपाली अलैंचीको परम्परागत […]

पानी अभावकै कारण अब डाँडाकटेरीवासीले बसाइँ सर्नु पर्दैन

सिन्धुपाल्चोक : २०७२ सालको महाविनाशकारी भुकम्पपश्चात पानीको मुहानै सुकेपछि बलेफी गाँउपालिका–६ डाँडाकटेरीका स्थानीयले खानेपानीका लागि निकै संघर्ष गरे । आधा दशकसम्म उनीहरूले काकाकुलको अवस्थामा बस्नुपर्यो । डाँडाकटेरीका १८ घरधुरीले कयौं पटक त बसाइँ नै सर्नुपर्ने हो की छलफल पनि चलाए ।  पानी नहुँदा यहाँ नुहाइधुवाइ गर्न त यस्तै हो कहिलेकाही त खानकै लागि समेत पानी […]

सौन्दर्यकला व्यवसायी संघ भक्तपुरमा समिता ध्वजू

भक्तपुर : सौन्दर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको अध्यक्षमा समिता ध्वजू चुनिएकी छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा पाँंचौ अधिवेशनबाट ध्वजूको अध्यक्षतामा १५ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा रेश्मा प्रधान, सचिवमा अनिता व्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना र सहकोषाध्यक्षमा अस्मिता श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरूमा […]

बंगुरपालन व्यवसायबाट मासिक एक लाख आम्दानी

गलेश्वर : बाह्र वर्ष विदेशमा दुःख गरेपछि स्वदेश फर्केर आफ्नै घरगाउँमा बङ्गुरपालन सुरु गरेका बेनी नगरपालिका–७ मङ्गलाघाटका रणबहादुर विश्वकर्मा प्रशन्न छन् । बङ्गुरपालन व्यवसायबाट आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर मासिक रु एक लाखभन्दा बढी आम्दानी हुन थालेपछि उहाँको अनुहारमा चमक त थपिएको छ नै विदेशकोभन्दा बढी कमाइ भएपछि आर्थिक अवस्था पनि बलियो बन्दै गएको छ । विश्वकर्माको […]

फोहोरलाई माेहाेर बनाउँदै मध्यपुर ठिमी

भक्तपुर : कोठैपिच्छेका थुप्रोहरू । कुनै फोहोर  त कुनै माटो वा पातहरू । कुनै बिक्रीका लागि प्याकिङ्ग गरिएका मल । यो दृश्य भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको रिकिसी कम्पोष्ट मल प्रालिको हो ।  पछिल्लो समय स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्न सकस भइरहँदा ठिमी नगरपालिकाले फोहोरबाट मोहर बनाउँदै आएको छ । पालिकाले फालिएकाे फोहोरलाई संकलन गर्दै कम्पोष्ट मल बनाउँदै आएको छ ।  […]