साउनमा डोला (पिङ) खेल्दै राना थारु गाउँका दिदीबहिनी

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन् । साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोवास गर्ने गाउँमा साउनमा सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ । परम्परागत पहिरनमा सजिएका राना थारु महिलाहरु […]

रेशम चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया

काठमाडौं : ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिन प्रक्रिया अघि बढाएको हो। कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो। उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो। चौधरी […]

दलित सशक्तिकरण सम्बन्धी कानून बन्दै

धनगढी । जातीय विभेद निर्मूल हुन नसकेको सुदूरपश्चिम प्रदेशमा दलित समुदायलाई लक्षित गरेर कानून निर्माण गर्न थालिएको छ । जातीय छुवाछुतको अन्त्य र दलित सशक्तिकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले कानून बनाउन लागेको हो । सरकारले ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ सुदूरपश्चिम प्रदेश सभामा टेबुल गरिसकेको छ । आइतबार बसेको प्रदेश सभा […]

रेशम चौधरीको रिहाइ सरकारको लेनदेनको विषय बन्न हुँदैन : राजकिशोर यादव

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले रेशम चौधरीको रिहाइलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले संविधान संशोधन र रेशम चौधरी रिहाइको कुरा गर्दा सरकारमा आउने प्रस्ताव गरिएकाले रेशम चौधरीको विषयलाई सरकारको लेनदेनको विषय बनाउनु नहुने बताएका हुन् । उनले चौधरीलाई लेनदेनको विषय बनाइए राजनीतिक […]

किन गर्दैछन् टीकापुरवासी रेशम चौधरी रिहाइको माग ?

टीकापुर घटनामा जेल सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइका लागि जनता समाजवादी पार्टीका नेताका साथै उनको निर्वाचन क्षेत्रका नागरिक अगुवा र स्थानीयले पनि माग गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि तथा अर्को फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग भएपछि सत्ता राजनीतिको नयाँ सिलसिला शुरु भएको छ। एमाले र माओवादी केन्द्र एकतापूर्वको अवस्थामा फर्किएपछि संसद्‌मा तेस्रो शक्तिबाट चौथो बनेको […]