२०० भन्दा बढी परिवार पाँच दशकदेखि लालपुर्जाविहीन

धनगढी : कैलालीको मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन्। सरकारी बेवास्ताका कारण उनीहरुले लालपुर्जा प्राप्त गर्न नसकेका हुन्।  कैलारी गाउँपालिकाका मोहनपुर, हौसलपुर र शिवरत्नपुरका २०० भन्दा बढी परिवारले जग्गाधनी प्रमाणपत्र पाउन नसक्दा सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ। लालपुर्जा नहुँदा सीमावर्ती […]

थारु भाषाको ‘हे जित महान’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ : थारु समुदाय भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिन्छ । थारु समुदाय चाडपर्व र रीतिरिवाजमा पूर्ण छन् । थारुको गीत र सङ्गीतलाई गहनाको रूपमा पहिचान दिएको छ । केही वर्ष अघि पौराणिक चाचैर विरहैनलगायत पाराति गीतहरू मुखले र अडियोमा मात्रै सुन्न पाइन्थ्यो तर अहिले समय बदलिएको छ । थारु गीत र सङ्गीतलाई पनि […]

थारू समुदायमा पुरूष व्रत बस्ने ‘अटवारी’ को रौनक

काठमाडौं : पश्चिम तराईका थारू समुदायले प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको ‘अटवारी’ पर्व आज मनाउँदै छन् । पश्चिम तराईका पाँच जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायमा अटवारीको रौनकता छाएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार र कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अटवारी पर्व मनाउने गरिन्छ। अटवारी […]

माछा मार्दै थारु महिला (फोटो फिचर)

धनगढी : कंचनपुरको लालझाँडी गाउँपालिकास्थित बल्मी नजिकैको खोलामा थारु समुदायका महिला साना माछा मार्दै छन्। उनीहरु गर्मि मौषमभर पानी पर्ने बित्तिकै स्थानीय खोलाहरुमा माछा मार्ने गर्दछन् । माछा मारेर बेलुकाको तरकारी बनाउने र हिउँदे समयका लागि सिदरा बनाउने गरेको बताउँछन् । तस्बिर : मिलन परियार

थारु विद्रोहको ६ वर्ष पूरा : थरुहट मोर्चाद्वारा विरोध प्रदर्शन

धनगढी : कैलालीको टीकापुरमा भएको थारु विद्रोहको ६ वर्ष पूरा भएको छ । आज  ‘कालो दिन’ को रुपमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ । टीकापुर घटना घटेको छैठौं वर्षको अवसरमा मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो । भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चोकदेखि […]