गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मालाई  विना विभागीय मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि […]

सुदूरपश्चिम प्रदेशमा भूमि अधिकार अभियान सुरु

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले नेपालको संविधानको भावना र मर्म अनुसारा कानून बन्न नसक्दा भूमिहिन दलितका समस्या समाधान हुन नसकेको बताएका छन् । राष्ट्रिय दलित नेटवर्क (RDN) को भूमिअधिकार अभियान, जनवकालत रणनीति निर्माण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले भने, संविधानको धारा ४० को उपधारा ५ र ६ मा दलित भूमिहिनलाई जग्गा उपलब्ध […]

विद्रोही डिकवहादुरका विद्रोही विचारहरु !

हिरा विश्वकर्मा : नेपालको दलित आन्दोलनलाई हामी यहाँको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो अर्थात विक्रम सम्वत १९९६ देखि प्रजापरिषद पार्टीले सुरु गरेकै ताका वाग्लुडका भगज सर्वजीत विश्वकर्माले पनि सुरु गरेको र २००४ सालमा त विश्वसर्वजन संघ खोलेर अगाडि वढेको देखिन्छ । आन्दोलन यति पुरानो हुँदाहुँदै पनि यो विभिन्न आरोह अवरोहवाट गुज्रिएको छ । कुनै पनि आन्दोलन […]

दलित तथा विपन्न परिवारलाई राहत वितरण

धनगढी : कैलालीको  बर्दगोरीया गाउँपालिकाका दलित तथा विपन्न १०० परिवारलाई राहत वितरण गरिएको छ । बर्दगोरीया गाउँपालिका-२ बौनीया बजारस्थित हाट बजारमा भेला भएका उनीहरुलाई दलित महिला संघले राहत वितरण गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको करिब तीन महिना लामो निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरेर छाक […]

दलित आयोगको प्रतिवेदन प्रतिनिधिसभामा, असोज २२ सम्म बैठक स्थगित

काठमाडौं  : प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन सदनमा पेश गरेका हुन् । त्यसबाहेक बैठक कुनै कार्यसूचीमा प्रवेश गरेन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध अन्त्य गर्न केहीबेर एमाले सांसदहरुलाई आग्रह […]