९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

बेइजिङ : मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरु ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैंले बनाएको थियो । अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो–१२ अन्तरिक्षयान चढेर […]

दुर्गालक्ष्मी प्राविधिक नमुना विद्यालयले मनायो विज्ञान दिवस !

धनगढी : कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी प्राविधिक नमुना विद्यालयले विविध कार्यक्रमहरू गरि ९ औं विज्ञान दिवस मनाएको छ । शुक्रबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका विविध विषयमा चर्चापरिचर्चा तथा सूचनामूलक गतिविधिहरु सञ्चालन भएका थिए । विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सामग्रीको प्रदर्शनी कार्यक्रमको मूख्य आकर्षण रह्यो । विद्यार्थीहरुले निर्माण गरेका विभिन्न काम गर्ने […]

कैलालीमा ‘इन्टरलक’ इँटाको प्रयोग बढ्दै

धनगढी : पछिल्लो समय कैलालीमा माटोको इँटाको विकल्पमा वातावरणमैत्री ‘इन्टरलक इँटा’ को प्रयोग बढ्न थालिएको छ। संरचना निर्माणमा इँटाको माग बढेसँगै ‘इन्टरलक’ इँटाको प्रयोग पनि बढ्दै गएको हो। चिम्नी इँटा सहजरुपमा र उचित मूल्यमा पाउन समस्या भइरहँदा विकल्पमा यो इँटाको प्रयोग बढ्दै गएको स्थानीयवासी कालु चौधरीले बताए। यो इँटा उत्पादन हुने ठाउँमा धुलो, धुवाँको समस्या […]

सूचनामैत्री बन्दै बझाङका स्थानीय तह

बझाङ : बझाङका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रलाई सूचनामैत्री बनाउन थालेका छन् । नागरिकलाई सूचनाको पहुँचमा ल्याउनका लागि विभिन्न एप्सहरुका माध्यमबाट सूचना दिन थालिएको हो । विभिन्न दातृ निकायको सहयोगमा सुशासन परियोजना अन्तरगत स्थानीय सरकारले सूचना प्रविधि केन्द्र स्थापना गरेको हो । यसरी सूचना प्रविधि केन्द्र सञ्चालनमा आएपछि आफूहरुलाई सूचना पाउन सहज भएको स्थानीयले बताएका छन् […]

सुरक्षित गर्भपतन गराउने बढे

अछाम । अछामको साँफेबगर नगरपालिकाकी बबिता नेपाली (नाम परिवर्तन) का दुई सन्तान छन् । उनलाई सन्तानको रहर पुगिसकेको छ । श्रीमानले अस्थायी साधन प्रयोग गर्न नमानेपछि उनले डिपो लगाउन थालिन् । तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि डिपो लगाउन छोडिन् ।डिपो लगाउन छोडेपछि उनको दुई पटक अनिश्चित गर्भ बस्यो । पहिलो पटक अस्पतालमा गएर उनले सुरक्षित […]