‘युवा पत्रकारिता पुरस्कार-२०७८’ बाट राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रीय सदस्य राधा नेपाली पुरस्कृत

काठमाडौं : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट यो वर्षको  ‘युवा पत्रकारिता पुरस्कार- २०७८’ बाट सञ्चारकर्मी राधा नेपाली पुरस्कृत हुनु भएको छ ।   युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट मन्त्रालयको मूल्याङ्कन समितिले नेपाली सहित चार जनालाई बुधबार उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि प्रति व्यक्ति रु ५० हजार रहेको छ ।  […]

समाजसेवा पुरस्कार उमादेवी वादीलाई

काठमाडौँ  : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७७” उमादेवी वादीलाई प्रदान गर्ने निर्णय भएको छ । हाल सुदुरपश्‍चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार र सामाजिक न्यायका लागि गरेको योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन […]

दीपाको ललिपप उद्योग : जहाँ श्रीमान सहित ३७ जना जागिर गर्छन्

इलाम । रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यतिमात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई […]

बीबीसीको प्रभाबशाली सूचीमा परेपछि उमाले भनिन्, ‘सगरमाथाको चुचुरोमा पुगेझैँ लाग्यो’

धनगढी ४ मंसिर : मंगलबार बिहानै उमादेवी वादी धनगढीमा भेटिइन् । उनको दुबै हातमा रहेका मोवाइलहरु बजिरहेका थिए । उनलाई फोन उठाउन भ्याइ नभ्याइ थियो । एउटा फोन नसकिदै अर्को फोन बजिहाल्थ्यो । सोमबार बेलायती प्रशारण संस्था बीबीसीले विश्वभरका १०० प्रभावशाली र प्रेरणादायी महिलाहरूको सूची सार्वजनिक गर्दा उमा त्यसको १० औँ नम्बरमा परिन् । बीबीसीको […]

विश्वभरका १०० जना प्रभावशाली महिलाको सूचीमा पर्न सफल उमादेबी बादी

धनगढी ४ मंसिर : सुदूरपश्चिम प्रदेश सभा सांसद उमादेवी वादी बेलायती प्रसारण संस्था (बिबिसी) को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी छन्। सोमबार सार्वजनिक १०० महिलाको सूचीमा वादी अटाएकी हुन्। मलाई यो कुरा सुन्दा एकदमै खुसी लाग्यो, सबैजनालाई धेरै धेरै धन्यवाद, टीकापुरमा रहेकी सांसद वादीले भनिन्। ५४ वर्षीया वादी गत प्रदेश सभा चुनावमा नेपाली कांग्रेसबाट […]