महिलाहरुको नेतृत्व विकास गर्न तालिम संचालन

धनगढी : कैलारी गाउँपालिकामा दुइ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि संचालन भएको छ । दलित महिला अधिकार मंच नेपालले गाउँपालिकाको हसुलियामा तालिम संचालन गरेको हो । ड्यान चर्च एडसंगको साझेदारीमा मंचद्धारा संचालित महिला सशक्तिकरण परियोजना अन्तरगत दलित तथा  सिमान्तकृत समुदायका महिलाहरुको नेतृत्व विकास,क्षमता अभिवृद्धि र सशक्तिकरण गर्ने उदेश्यले तालिम संचालन गरिको मंचका अध्यक्ष सावित्रा […]

सामाजिक मान्यतालाई तोड्दै छोरीले गरे आमाको किरिया

नवलपरासी : सुनवल नगरपालिका—१३ सूर्यबस्तीका दुई छोरीले छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका छन् । १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी आमाको किरिया बसेका हुन् । परम्परागत सामाजिक मान्यतालाई तोड्दै दुई किश्वोरीले आमाको किरिया गरेका हुन्।              किरिया मात्र नभई आमाको दागबत्ती पनि दुई छोरीले नै दिएका हुन्। […]

प्रेमकुमार दर्नालसहित नेपालका तीन खेलाडीलाई स्वर्ण पदक

काठमाडौं : नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्कान्दो फिलिपिन्स र ओङ तेक्कान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा प्रेम कुमार दर्नाल,सञ्जीव नेपाली र सन्दीपा अमगाईंले स्वर्ण पदक जितेका हुन् । सर्लाही नीवासी हाल वैदेशिक रोजगारीको क्रममा सऊदी अरबमा बस्दै आएका दर्नालले […]

‘युवा पत्रकारिता पुरस्कार-२०७८’ बाट राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रीय सदस्य राधा नेपाली पुरस्कृत

काठमाडौं : नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट यो वर्षको  ‘युवा पत्रकारिता पुरस्कार- २०७८’ बाट सञ्चारकर्मी राधा नेपाली पुरस्कृत हुनु भएको छ ।   युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट मन्त्रालयको मूल्याङ्कन समितिले नेपाली सहित चार जनालाई बुधबार उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि प्रति व्यक्ति रु ५० हजार रहेको छ ।  […]

समाजसेवा पुरस्कार उमादेवी वादीलाई

काठमाडौँ  : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७७” उमादेवी वादीलाई प्रदान गर्ने निर्णय भएको छ । हाल सुदुरपश्‍चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार र सामाजिक न्यायका लागि गरेको योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन […]