हिंसाबाट जोगाउन किशोरीलाई आत्मरक्षा तालिम

धनगढी : महिला हिंसाका घटना प्रति दिन बढ्न थालेपछि समता एक्सन ग्रुपले किशोरीहरूलाई मनोसामाजिक मनोविमर्श तथा आत्मरक्षासम्बन्धी प्रशिक्षण अभियान सुरु गरेको छ । समता मिडिया सेन्टरद्धारा बर्दगोरीया गाउँपालिका स्तरीय गठन गरिएको ग्रुपले अभियान अन्तर्गत बर्दगोरीयाका किशोरीहरुलाई मनोसामाजिक मनोविमर्श तथा आत्मरक्षा सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको हो । शुक्रबार बर्दगोरीया गाउँपालिका-१ बौनीयाँस्थित श्री बसन्त मुरारी […]

विद्रोही डिकवहादुरका विद्रोही विचारहरु !

हिरा विश्वकर्मा : नेपालको दलित आन्दोलनलाई हामी यहाँको प्रजातान्त्रिक आन्दोलन जत्तिकै पुरानो अर्थात विक्रम सम्वत १९९६ देखि प्रजापरिषद पार्टीले सुरु गरेकै ताका वाग्लुडका भगज सर्वजीत विश्वकर्माले पनि सुरु गरेको र २००४ सालमा त विश्वसर्वजन संघ खोलेर अगाडि वढेको देखिन्छ । आन्दोलन यति पुरानो हुँदाहुँदै पनि यो विभिन्न आरोह अवरोहवाट गुज्रिएको छ । कुनै पनि आन्दोलन […]

प्रथम महिला प्रहरी डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौं : नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६६ औं प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् । विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् […]

अस्पताल बाहिरै झाडापखालाका बिरामीको उपचार

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल  परिसरमा राखेर उपचार गरिँदै। सो अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताए। तस्बिर : माधव बेल्वासे/रासस

भारतबाट नेपाल फर्कने अधिकांश नेपाली बाटोमै लुटिन्छन्

धनगढी : धनगढी उप-महानगरपालिका- १३ का दीपक जोशीलगायत १९ जना भारतको हिमाञ्चलबाट घर फर्किन त्यहाँको बस पार्कमा पुगे। स्वदेश फर्कन उनीहरूले निजी सवारी खोजे पनि नपाएपछि सार्वजनिक बस मार्फत आउने निधो गरे। बस कुर्दाकुर्दै बसपार्कमै रात पर्‍यो। उनीहरूलाई हिमाञ्चलबाट कंचनपुरको त्रिनगर नाका हुँदै धनगढी आउनुपर्ने थियो। गौरीफण्टा नाका आउने बस राति ९ बजे मात्र संचालन […]