बादी समुदायको अधिकार सुनिश्चितका लागि थप सक्रियता बढाउन कार्यशाला गोष्ठी

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले बाँकेको कोहलपुर नगरपालिकामा आइतबार (२२ गते) एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बादी समुदायको आत्मसम्मानका साथै सामाजिक,आर्थिक न्यायका लागिका सशक्त रुपमा पैरवी गर्न बादी समुदायका समुह तथा संजालको थप सक्रियता बढाउन कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।  कार्यशालामा कमिट नेपालद्धारा गठन गरिएको करुणा महिला समुह, […]

हरवाचरवा यूवाको क्षमता विकास गर्न जनवकालत तालिम

सिराहा : सिराहाको लहानमा आईतबारदेखी तीन दिने हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम लहानमा शुरु भएको छ । विभिन्न समयमा भएका राजनीतिक तथा सामाजिक आन्दोलन पश्चात स्थापित गणतन्त्र नेपालमा अझैपनि दाशप्रथाको अबशेषको रुपमा रहेको कृषि बधुवा मजदुरः हरवाचरवाको मुक्ति र पुर्नस्थापनाको संयुक्त आन्दोलनमा हरवाचरवा यूवाहरुको संग्लनता बढाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । नेपालको परिवर्तित […]

गुरुकुलमा जातीय विभेद अन्त्य गर्नुपर्छ : नेता भण्डारी

काठमाडौं : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गुरुकुलमा जातीय विभेद गर्न नहुने र दलित जनजाति लगायतका इच्छुक सबै जातजातिले गुरुकुलमा वेद,पुराण पढ्न पाउनुपर्ने अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताएका छन् । समानता अभियान नेपालको आयोजनामा रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित गुरुकुलमा जातीय विभेद अन्त्य गरौं सबैले वेद,पुराण पढुन विषयक विचार गोष्ठीमा नेता भण्डारीले जातीय छुवाछूत […]

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

धनगढी : समता मिडिया सेन्टरले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाका २५ जना दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । १८ गते (बुधबार) गाउँपालिकाको बौनिया बजारस्थित बौनिया बजार व्यवस्थापन समितिको सभाहलमा आयोजित कार्यक्रममा चार वटा विद्यालयका २५ जना दलित तथा विपन्न विद्यार्थीलाई ७० हजार बराबरको स्कुल पोशाक,झोला, कापी कलम,जुत्ता,मोजा र मास्क लगाएतको शैक्षिक […]

तीन महिनाभित्र दलितको हक अधिकार सुनिश्चित गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले तीन महिनाभित्र दलितको हक अधिकार सुनिश्चत हुनेगरी आवश्यक व्यवस्था मिलाउन संघीय संसद सचिवालय र सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले अधिवक्ता प्रकाश नेपालीले गरेको रिट निवेदनमाथी सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो । अदालतको आदेश प्राप्त भएको मितिले तीन […]