अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकामा मंगलबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा बादी समुदायका सवाल र स्थानिय सरकार तथा अन्य सरोकारवालहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बारबर्दिया नगरपालिका उपप्रमुख रत्न कुमारी पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रम कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न […]

अत्तरियामा सुटवरी उद्धघाटन

धनगढी : कैलालीको अत्तरियामा सुटवरी आजदेखि सञ्चालनमा आएको छ । स्थानीय अनुप जैरुको करिब ४० लाखको लगानीमा सुटवारी संचालनमा आएको हो । सुटवरी गोदावरी नगरपालिका-२ लोटसगल्लीमा रहेको छ । बिहान ११ बजे सुटवरीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका हुन् । उद्धघाटन पश्चात अध्यक्ष देवकोटाले सुटवरीका सञ्चालक अनुप जैरुले उदाहरणीय काम गरेको […]

डेंगुबाट मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

काठमाडौं : अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा […]

थाकस सभापतिमा सानु चौधरी निर्वाचित

कंचनपुर : थारू कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरको सभापतिमा सानु चौधरी निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न थाकस कंचनपुरको नवौं अधिवेशनमा प्रतिद्धन्द्धी रोशन चौधरीलाई ८ मतले पराजित गर्दै २८ मतले निर्वाचित भएकी हुन् । अन्य पद भने सर्वसम्मत चयन भएको छ ।  समितिका अन्य पदाधिकारीहरुमा उपसभापति त्रय अम्बिका चौधरी, आशाराम चौधरी र रतनलाल राना रहेका छन् […]

‘पिरतिको भेटी’ सार्वजनिक (भिडियो)

काठमाडौं : चर्चित डेउडा गायक देवेन्द्र प्रसाद भाट र रेखा जोशीको नयाँ गीत सार्बजनिक भएको छ । ‘पिरतिको भेटी’ बोलको डेउडा गीत गत भदौ ३० गते बिहिबार Bishesh Films अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीत युट्युवमा ३९ हजार बढीले हेरेका छन् । पछिल्लो पुस्ताका चर्चित कलाकार भाट र जोशीको स्वरबद्ध गीतमा लोकेश खनाल […]