धौलागिरी लघुवित्तले २४ साउनदेखि आईपीओ ल्याउने

काठमाडौं : धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ […]

नेपाल स्काउटद्वारा वृक्षारोपण

भक्तपुर : नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट तदर्थ समिति चाँगुनारायण नगरपालिकाको आयोजनामा फैढोका आधारभूत विद्यालयको प्राङ्गणमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको प्रमुख अतिथित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न जातका करिब दुई सय बिरुवाहरू लगाइयो । कार्यक्रममा विभिन्न स्काउट पदाधिकारी, स्काउट शिक्षक, चाँगुनारायण नपा स्थानीय शिक्षा अधिकृत, […]

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुर : जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा […]

कञ्चनपुरमा स्ट्रबेरी खेती

कञ्चनपुर । फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक स्ट्रबेरी खेती शुरु गरेको छ । शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती भएको हो । शुरुवाती चरणमा रु ५ लाखको लगानीमा प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको बताइएको छ। स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था […]

खप्तड ‘हेलिटूर’ शुरु

धनगढी । सुदूरपश्चिमकै भू-स्वर्णको रुपमा चिनिने प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा आन्तरिक पर्यटन प्रवद्र्धनका गर्ने उदेश्यले बुधबारदेखि भिजिट खप्तड ‘हेली टूर’ अभियान थालिएको छ । खप्तड होमस्टेको आयोजनामा पहिलो चरणमा पाँच दिनसम्म संचालन हुने खप्तड ‘हेली टूर’ अभियानको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, बन तथा बातावरण मन्त्री माया […]