कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुर : जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा […]

कञ्चनपुरमा स्ट्रबेरी खेती

कञ्चनपुर । फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक स्ट्रबेरी खेती शुरु गरेको छ । शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती भएको हो । शुरुवाती चरणमा रु ५ लाखको लगानीमा प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको बताइएको छ। स्ट्रबेरी खेतीमा सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था […]

खप्तड ‘हेलिटूर’ शुरु

धनगढी । सुदूरपश्चिमकै भू-स्वर्णको रुपमा चिनिने प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा आन्तरिक पर्यटन प्रवद्र्धनका गर्ने उदेश्यले बुधबारदेखि भिजिट खप्तड ‘हेली टूर’ अभियान थालिएको छ । खप्तड होमस्टेको आयोजनामा पहिलो चरणमा पाँच दिनसम्म संचालन हुने खप्तड ‘हेली टूर’ अभियानको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, बन तथा बातावरण मन्त्री माया […]

ऊनको चर्खाले चल्छ सीताको घर खर्च

चितवन : कालिका नगरपालिका–२ शान्तिटोलकी ५० वर्षीया सीता तामाङ ऊनबाट धागो काट्छिन् । जीविकोपार्जनका लागि खेतीपाती र बाख्रापालन गरे पनि ऊनबाट धागो काट्नु उनको फुर्सदको काम हो । धागो बनाउने काम सिक्नुअघि खेतिपातीको काम नहुँदा उनी मजदुरी गर्थिन् । घर खर्च चलाउनकै लागि मेलापात जान्थिन् । मेलापातको काम नहुँदा घरमै बसेर समय बिताउनु उनको बाध्यता […]

तामाको भाँडा बनाउने पेशा संकटमा

प्यूठान : पछिल्लो समयमा प्यूठान जिल्लामा तामाका भाँडा बनाउने कालिगढ अभाव हुन थालेको छ । तामाका भाँडा बनाउने कालिगढको अभाव भएसँगै तामाको भाँडा बनाउने व्यवसायसमेत संकटमा पर्न थालेको छ । पछिल्ला पीडीहरु यो व्यवसायमा लाग्न नचाहाने र अधिकांश युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै यो व्यवसाय संकटमा पर्न थालेको हो । घरेलु उद्योगका रुपमा सञ्चालन […]