बिद्यालयको प्रअ छोडेर आरन व्यवसाय
तेजबहादुर डुम्रेल डोटी : डोटीको केआइसिंह गाउँपालिका ५ जमलकट्टेस्थित दुर्गा आधारभुत बिद्यालयका प्रअ प्रेम बिकले आरन व्यवसाय सुरु गरेका छन् । विकले प्रअबाट राजिनामा गरि करिब १५ लाखको लगानिमा गाउँमै आरन तथा पोल्टीफर्म व्यवसाय सुरु गरेका हुन् । देशमा बेरोजगार समस्या बढ्दै गएको र लाखौं उर्जावान युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिन आफुले […]
पञ्चेबाजा संरक्षण अभियानले गति लिदै
धनगढी । सुदूरपश्चिमको मौलिक पञ्चेबाजा संरक्षण अभियानले तिब्रता पाएको छ । विवाह, ब्रतबन्ध लगायतका शुभकार्य र सरकारी तथा राजनितिक पार्टीका विभिन्न सभा,समारोहमा प्रयोग हुदै आएको पञ्चेबाजा उपेक्षामा परेको भन्दै संरक्षण गर्न युवाहरु कम्मर कसेर लागि परेका छन् । अभियान अन्तर्गत माघ १८ गते गोदावरी नगरपालिका-७ लालपुरमा शेर बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पन्चेबाजा संरक्षण समिति […]
पञ्चेबाजा संरक्षण गर्न जुटे धनगढीका युवा
धनगढी । सुदूरपश्चिमको मौलिक पञ्चेबाजाको संरक्षण गर्न युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा धनगढीमा बिहिबार बसेको भेलाले प्रेम बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पञ्चेबाजा संरक्षण समिति गठन गरिएको छ । सदस्यहरुमा विजय सिंह आउजी,जोगी नेपाली,भरत आउजी,लक्ष्मण नेपाली,लाल बहादुर नेपाली,मोहन नेपाली,मेघराज आउजी,नर बहादुर आउजी,देब बहादुर नेपाली,भिम नेपाली,सुरेश आउजी,अमि आउजी र रमेश आउजी रहेका छन् । धनगढी […]
ऊनको चर्खाले चल्छ सीताको घर खर्च
चितवन : कालिका नगरपालिका–२ शान्तिटोलकी ५० वर्षीया सीता तामाङ ऊनबाट धागो काट्छिन् । जीविकोपार्जनका लागि खेतीपाती र बाख्रापालन गरे पनि ऊनबाट धागो काट्नु उनको फुर्सदको काम हो । धागो बनाउने काम सिक्नुअघि खेतिपातीको काम नहुँदा उनी मजदुरी गर्थिन् । घर खर्च चलाउनकै लागि मेलापात जान्थिन् । मेलापातको काम नहुँदा घरमै बसेर समय बिताउनु उनको बाध्यता […]
तामाको भाँडा बनाउने पेशा संकटमा
प्यूठान : पछिल्लो समयमा प्यूठान जिल्लामा तामाका भाँडा बनाउने कालिगढ अभाव हुन थालेको छ । तामाका भाँडा बनाउने कालिगढको अभाव भएसँगै तामाको भाँडा बनाउने व्यवसायसमेत संकटमा पर्न थालेको छ । पछिल्ला पीडीहरु यो व्यवसायमा लाग्न नचाहाने र अधिकांश युवा रोजगारका लागि विदेशिने क्रम बढेसँगै यो व्यवसाय संकटमा पर्न थालेको हो । घरेलु उद्योगका रुपमा सञ्चालन […]