लुम्बिनी र सुदूरपश्चिमको विवाद सुल्झाउन विज्ञ समूह बनाउने सहमति

कैलाली । कर्णाली नदीको नदी जन्य स्रोतको उपयोग तथा संरक्षणका विषयमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच विवाद सृजना भएको छ । लामो समयदेखि कर्णाली तटीय क्षेत्रमा रहेका दुवै प्रदेशका स्थानीय तहबीच विवाद भइरहेको हो । यसको समाधानको लागि दुवै प्रदेशका मुख्यमन्त्री सहितका प्रतिनिधिहरू एक आपसमा छलफल थालेका छन् । मंगलवार लुम्बिनी प्रदेशको बर्दियामा आयोजना गरिएको मुख्यमन्त्री […]

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो 

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया […]

भारतीय संसद् अब विपक्षीबिहीन, विपक्षी दलका १४१ सांसद निलम्बित

काठमाडौं । संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ । अब संघीय संसद् करिब–करिब विपक्षीविहीनजस्तै बनेको छ । डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय संसद्को सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै विपक्षी दलका सांसदहरुले त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेर संसद् […]

डोटीमा घरेलु हिंसाका घटना बढ्दै

डोटी । डोटीमा घरेलु हिंसाका घटना बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोटीको तथ्याङ्क अनुसार घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको हो । सन् २०२३ को ११ महिनामा डोटीमा ३२ घरेलु हिंसाका घटना घटेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा जनवरी देखी नोभेम्बरसम्ममा ३२ […]

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

बागलुङ । बागलुङका गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ। गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन्। बस्नेत परिवारले रु आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो। गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने […]