विभेद अन्त्यका लागि कानुन संशोधन आवश्यक : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सामाजिक रुपान्तरणका लागि केही कानुन संशोधन गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथी गरिने जातीय विभेद तथा छुवाछुतको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभेद र छुवाछुतको अन्त्यका लागि कानूनी रुपमा मात्रै समाधान नखाेजे समस्या […]
‘दलितकालागि कानून त बनेँ, तर कार्यान्वयन भएनन्’
काठमाडौं । सरोकारवालाले दलित समुदायको अधिकारकालागि संविधान र कानूनमा पर्याप्त व्यवस्था भएपनि कार्यान्वयन भने हुन नसकेको बताएका छन् । ५८ औं अन्तराष्ट्रिय रंगभेद तथा जातिय विभेद उन्मुलन दिवसको सन्दर्भमा जागरण मिडिया सेण्टरले सोमबार काठमाडौंमा गरेको जातीय विभेद अन्त्यका लागि राज्यको तत्परता र आगामी कार्यदिशा विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा वरिष्ठ […]
राष्ट्रियसभामा छुवाछूत र विभेद अन्त्य गर्न माग
काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा उनीहरुले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे। सांसद अनिता देवकोटाले छोरीहरु समाजमा असुरक्षित रहेको, उनीहरुको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै […]
दर्नालको “दलित समुदायको राजनीतिक प्रतिनिधित्व” पुस्तक विमोचन
काठमाडौं । पत्रकार लक्ष्मण दर्नालले लेखेको राणा विरोधी क्रान्तीदेखी गणतन्त्र स्थापनाका लागि गरिएको राजनीतिक परिवर्तनमा दलित समुदायको संघर्षगाथा समेटिएको “दलित समुदायको राजनीतिक प्रतिनिधित्व” सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा ५८ औं अन्तराष्ट्रिय रंगभेद तथा जाति भेद उन्मूलन दिवसको सन्दर्भमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा २००७ सालदेखी ०७९ सालसम्म दलित समुदायको राजनीतिक […]
प्रचण्ड सरकारमा एक्लो दलित राज्यमन्त्री
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको वर्तमान २३ सदस्यीय मन्त्रिपरिषदमा एक जना मात्रै दलित समुदायबाट मन्त्री बनेकी छन्, सुशीला श्रीपाली, त्यो पनि राज्यमन्त्री । माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा नियुक्त पठाएको हो । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको […]