खुटीया किनारमा बालुवा चाल्नेहरुले थाहा नपाएको ‘नारी दिवस’ (फोटो फिचर)
धनगढी । कैलालीको खुटीया नदी किनारमा बालुवा चालेर दैनिकी चलाउँदै आएकी गोदावरी नगरपालिका-९ धनचौरीकी ५१ बर्षिया नारु थापा एकल महिला हुन् । १३ बर्षअघि पतिको अल्पायुमै निधन भएपछि सहारा विहिन बनेकी उनी सधैँ जस्तै आज पनि हातमा बेल्चा र स्टिलको परात लिएर काम गर्न निस्किन् । उनी खुटीया नदी किनारमा दिनभर बालुवा चाल्ने काम गर्छिन् […]
बजेटसहित हरवाचरवा पुनःस्थापनाको कार्ययोजना ल्याउन माग
काठमाडौं । राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले कमैया, कमलरी, हलिया तथा हरवाचरवाको पुनःस्थापनाको लागि बजेटसहितको कार्ययोजना ल्याउन माग गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अगुवाइमा निर्माण भएको कार्ययोजना अर्थमन्त्रालयमा रोकिएको भन्दै तत्काल बजेटसहितको कार्ययोजना ल्याउन माग गरेको हो। उनीहरुले आफ्ना माग पुरा नभए संघर्ष गर्ने चेतावनी […]
६० वर्षीया तारा सदाको मुहारमा नागरिकताले फर्काएको खुसी
काठमाडौं, असाेज ४ : सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ की ६० वर्षीया तारा सदा मुसहरले लामो समयको दौडधुपपछि यही भदौ ५ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाइन्। अहिले उनको खास उमेर ६० वर्ष भए पनि नागरिकतामा उल्लेख भएको जन्ममितिअनुसार भने उनी भर्खर ३९ वर्ष पुगेकी छन्। नागरिकतामा वास्तविक उमेरभन्दा २१ वर्ष कम भए पनि उनलाई त्यसप्रति कुनै गुनासो […]
आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपात हुने
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको मौसम […]